जेरीको सिक्वेल बन्ने : निर्माता सरोज , हिरो अनमोल

फिल्म । अभिनेता अनमोल केसी पछिल्लो समय भटाभट फिल्म साइन गरिरहेका छन् । छड्के २ छायांकनको तयारीमा रहेका अनमोलले यसैसाता सुदर्शन थापाको निर्देशनमा बन्ने फिल्म र सरोज न्यौपानेको निर्माणमा बन्ने फिल्म ‘जेरी २’ मा अभिनय गर्ने सहमति दिएका छन् । सात वर्षअघि निर्माण भएको हेमराज बीसी निर्देशित फिल्मको दोस्रो श्रृंखलामा अनमोल जोडिएका हुन् । आइतबार काठमाडौंको मेरियट होटलमा निर्माता र अनमोलबीच लिखित सहमति भएको छ । फिल्मलाई बीसीले नै निर्देशन गर्ने भएका छन् भने निर्मातामा सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठ छन् ।

दुवै निर्माता र अनमोलबीच लिखित सहमति भएको हो । निर्माता न्यौपानेका अनुसार अनमोलका अन्य फिल्मसँगको छायांकन तालिका मिलाएर फ्लोरमा जाने तयारी भएको छ । फिल्मलाई नेपालसहित अमेरिका र अस्ट्रेलियामा छायांकन गर्ने तयारी छ । यसअघि फिल्मको नायिकामा आना शर्मा थिइन् । तर ‘जेरी २’ मा आनाको निरन्तरता नहुने सम्भावना छ । नायिका चाहिं निश्चित नभइसकेको निर्माता न्यौपानेले बताए । फिल्मलाई २०८० सालको दशैंमा रिलिज गर्ने योजना छ ।

कमेन्ट गर्नुहोस्