संगीत । गायिका साकिरा र जेनिफर लोपेजले दमदार प्रस्तुति दिएका छन् । फ्लोरिडामा आयोजित सुपर बाउल हाफटाइम सोमा गायिका साकिरा र जेनिफर लोपेजले प्रस्तुति दिएका थिए । अमेरिकी सञ्चारमाध्यमका अनुसार सुपर बाउलमा साकिरा र जेनिफर लोपेजले एकसाथ अविष्मरणीय प्रस्तुति दिएका हुन् । सन् २०१७ को सुपर बाउलमा गायिका गागाको भन्दा विशेष प्रस्तुति दिएको दाबी स्थानीय सञ्चारमाध्यमले गरेका थिए ।
दुई ल्याटिन कलाकारहरूले सुपर बाउलमा इतिहास रच्दै एक साथ स्टेजमा देखिएका हुन । गायिका लोपेजले आफ्नी ११ वर्षीया छोरी एम्मेसहित अन्य बालिकाहरूसँग सांगीतिक प्रस्तुति दिएकी थिइन् । आफ्नो ४३ औं जन्मदिन मनाउँदै गरेकी गायिका साकिराले सदावहार प्रस्तुतिले दर्शकको मन जित्न सफल भइन् । सामाजिक सञ्जालमा ‘सुपर बाउल’ र ‘साकिरा’ जस्ता ह्यासट्यास टेन्डिङमा परेका थिए । दुवै गायिकाहरूले सन् १९९० को दशकदेखि स्पेनिस र अंग्रेजी भाषामा गीत गाउँदै आएका छन्। दुवैका गीतहरू ल्याटिनको सांगीतिक चार्टमा हिट भएको थियो। (एजेन्सी)










