‘हाट बजार’ सार्वजनिक

जयहोस् । सिक्किमका दुई युवा संगीतकर्मीहरु आशिस तामाङ तथा सुदर्शन सुनारको सांगीतिक समुह ‘आशिष सुदर्शन’ ले तयार पारेका पप, आधुनिक तथा लोक–आधुनिक शैलीका गीतहरुको एल्बम ‘हाट बजार’ बिहिबार काठमाडौंमा लोकार्पण गरिएको छ । गायकद्वय आशिष तथा सुदर्शनसहित टेलिभिजनकर्मी सोनाम छिरिङ लामा तथा अभिनेत्री नम्रता सापकोटाले संयुक्त रुपमा उक्त गीति एल्बम लोकार्पण गरेका हुन् । सन् २०१५ मा स्थापना भएको सांगीतिक समुह ‘आशिस सुदर्शन’ का दुई गायकले लोप हुदै गएको हाट–बजार शब्दलाई गीतमार्फत दर्शक तथा स्रोतामाझ प्रस्तुत गरेका हुन् । विमोचित एल्बममा दुई गायकको स्वरका आठ वटा गीत समावेश गरिएका छन् । एल्बमका सबै गीतहरु गायकद्वय आशिस र सुदर्शनले रचना गरेका हुन् भने उनीहरुले नै ती गीतहरुलाई संगीतबद्ध गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै गायक सुदर्शन सुनारले एल्बमका सबै गीतहरुमा नेपाली मौलिक बाजाहरु प्रयोग गरिएको बताए । गायक आशिस सुनारले एल्बमका सबै गीतहरु दार्जिलिङको रिदम रेकर्डिङ्समा रेकर्डिङ गरिएको जानकारी दिए । जिवन प्रकाश प्रधानले एल्बमका गीतहरु रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । एल्बमको समावेश चाउरी पर्ला…गीतको म्युजिक भिडियोमा अभिनय गर्ने अभिनेत्री नम्रता सापकोटाले सिक्किमका युवा गायकहरुको नेपाली गीत–संगीतप्रतिको लगावलाई मुक्त कण्ठले प्रसंसा गरिन् । समारोहमा एल्बममा समावेश ‘चाउरी पर्ला…’ गीतको म्युजिक भिडियो प्रिमियर गरियो । एमएनएस भिम्यागसंग आवद्ध सोनम छिरिङ लामाले उक्त म्युजिक भिडियो निर्देश्ँन गरेका हुन् । काठमाडौंमा छायांकन गरिएको उक्त भिडियोमा अभिनेत्री नम्रता सापकोटा तथा श्रीजल रुपाखेतीले अभिनय गरेका छन् । बिजय कोजुद्वारा छायँंकन गरिएको उक्त भिडियोलाई जितेन्द्र श्रेष्ठले सम्पादन गरेका हुन् ।
कमेन्ट गर्नुहोस्