सङ्गीत । लामो समयदेखि नेपाली गीतसङ्गीत क्षेत्रको वृत्ति विकासमा सक्रिय गायक तथा मोडल बसन श्रेष्ठले हालै आफ्ना दुई गीत सार्वजनिक गरेका छन् । दुबै गीतको भिडियो पनि युट्युवमा उपलब्ध छन् ।
तीन महिना पहिले ‘मेरो गीत’ बोलको गीत सार्वजनिक गरेका श्रेष्ठले यसै हप्ता ‘मेरो जादु’ बोलको अर्को गीत ल्याएका छन् । सार्वजनिक ‘मेरो गीत’मा निर्माण, स्वर र लेखन श्रेष्ठको नै छ । रोहित शाक्यले एरेञ्ज गरेको गीतको भिडियोमा सुष्मा निरौंला र सुभम बोहरा फिचर्ड छन् भने उनिहरूको साथमा रैमा मिधुन मगर र रामभजन कामतलाई पनि देख्न सकिन्छ । भिडियोको निर्देशन अभिषेक सुवेदीले गरेका हुन् भने चिन्तन राजभण्डारीको छायांकनमा सम्पादन रोहित शाक्यको छ ।
उता पछिल्लो गीत ‘मेरो जादु’मा पनि स्वर, संगीत र शब्द सबै श्रेष्ठको हुँदा उक्त गीतको भिडियोमा विशाल नेपालीको निर्देशन छ । गीतमा क्यामेरा सिरस श्रेष्ठ र रोनेश महर्जनले चलाएका छन् भने निक र सिकुमले मोडलिङ गरेका छन् । लामो समयदेखी सांगीतिक क्षेत्रको उत्थानमा सक्रिय रहेका सर्जक श्रेष्ठले नेपाली गीत संगीतको शीर उँचो राख्न आफु हर्दम तयार रहेको बताए ।