भारतमा ‘परस्त्री’

फिल्म । सुरज पाण्डेको डेब्यु निर्देशकिय सिनेमा ‘परस्त्री’को अहिले प्रचार-प्रसार नेपालसँगै भारतमा समेत गरेको छ । ‘हिन्दी’ भाषामा समेत प्रदर्शन हुने भएपछि यसको प्रचार भारतको मुम्बई र दिल्लीमा गरिएको हो । निर्मात्री शर्मिला पाण्डे र निर्देशक सुरज पाण्डे कलाकार शिल्पा मास्के र गौरव विष्ट सहितको समुह भारतमा प्रचार गरेर नेपाल फर्किएको हो ।

‘यसको चर्चा र प्रचारले समग्र नेपाली सिनेमालाई सहयोग गर्छ । हामीले नेपाली सिनेमा र परस्त्रीका विषयमा चर्चा गरिरहेका छौं’, निर्देशक पाण्डेले भने । विवाहोत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथावस्तुमा निर्माण भएको सिनेमाको निरज कँडेल छायांकन गरेका हन् । यसमा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ ।

सिनेमामा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । खनाल सिनेमाका लेखकसमेत हुन् । सिनेमालाई जिजिए ग्रुप र डिसिएनले वितरण गर्दैछन् ।

कमेन्ट गर्नुहोस्