‘सम्बन्ध’ को ट्रेलर सार्वजनिक (भिडियो)

फिल्म । सञ्चारकर्मी कुमार आचार्य निर्देशित टेलीफिल्म ‘सम्बन्ध’ को ट्रेलर सार्वजनिक भएको छ । प्रेम र एक्सन कथामा मिश्रित टेलीफिल्ममा शिशिर राणा,सपना श्रेष्ठ ,हर्शिका श्रेष्ठ,पुष्कर राउत , अस्मिता जुरेली, श्रेया दुलाल, प्रदिप गिरी, सुरेश क्षेत्री, उग्रसेन ढुंगाना, रविन्द्र अधिकारी लगायत कलाकारहरूको अभिनय रहेको छ । आगामी माघको पहिलो साता देखि प्रसारण हुने टेलिफिल्मलाई दर्शकले प्राइम टाइम टेलिभिजनमा हेर्न पाउनेछन् ।

गीता आचार्य, प्रवेश आचार्य, रवी केसी र सरला भण्डारी निर्माता रहेको सिरियलको प्रस्तुतकर्ता करुणा आचार्य हुन् । काठमाडौंँका विभिन्न स्थानमा छायांकन भएको सिरियलमा रामेश्वर हुमागाईंको छायांकन, विकास चौधरीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र बन्दे प्रसादको सम्पादन छ । नेपाली फिल्म सम्बन्धि टेलिभिजन कार्यक्रम निर्माण तथा प्रस्तुत गरिरहेका कुमारले टेलिफिल्म अगावै केहि म्युजिक भिडियो पनि निर्देशन गरेका छन् ।

कमेन्ट गर्नुहोस्