गसिप । साम्राज्ञी आरएल शाह , डेब्यु फिल्मबाटै स्थापित भइन् । अनमोल केसीको अपोजिटमा कास्ट भएकै कारण र भुवन केसीको डेब्यु निर्देशन भएको हुँदा उनि नोटिस हुनु स्वाभाविक थियो । साथै , फिल्म प्रदर्शन भएसँगै उनले क्यारेक्टरलाई न्याय गरेको चर्चा हुन् थाल्यो । त्यसपछि सहरिया युवायुवती माँझ उनको लोकप्रियता बढ्यो । तर , यसलाई उनले कसरि ह्यान्डल गरिन् भन्ने चर्चा पछिल्लो समय हुन् थालेको छ ।
फिल्म उद्योगमा फिल्म पाउनु ठूलो कुरा होइन । सही फिल्म पाउनु ठूलो कुरा हो । साम्राज्ञीको हकमा यही कुरा लागू हुन्छ । उनले एकसे एक निर्मातासँग काम गरिन् । बजेटको कुनै चिन्ता थिएन । तर, कुनै फिल्मको कथा कमजोर त कुनै फिल्मका निर्देशक । परिणाम, साम्राज्ञीका पछिल्ला फिल्म बक्स अफिसमा असफल भए । अभिनय भन्दा पनि बक्स अफिसकै कारण स्टारडम बढाउदै अगाडी बढेकी साम्राज्ञी अभिनीत तिन फिल्म छाड्ने हो भने , अन्य फिल्मले निर्माताको लगानी जोगाएनन् ।
तर, उद्योगको अनौठो चलन, उता फिल्म फ्लप भइरहने, यता साम्राज्ञीको भाउ बढिरहने ! एक लाखबाट सुरु भएको उनको पारिश्रमिक २० लाख पुग्यो । अहिले अवस्था यस्तो छ कि साम्राज्ञीलाई त्यति मोटो रकम तिर्ने हिम्मत कुनै निर्मातामा छैन । निर्माता पनि के गरुन , किनकी उनीहरु पनि फाईदा नै खोज्छन् ।
सामाजिक सञ्जालमा उनको लोकप्रिय देखिएपनि बक्स अफिसमा त्यस्तो उपस्थिति नभेपछी फलतः आजभोलि उनी बेरोजगार छिन् । साथै , उनले साइन गरेको फिल्मको प्रतीक्षामा । साम्राज्ञीले प्रदीप खड्काको अपोजिटमा हेमराज बिसीको निर्देशनमा बन्ने फिल्म साइन गरेकी थिइन् । ‘मारुनी’ लगत्तै उनी यो फिल्मको सुटिङ ज्वाइन गर्ने योजनामा थिइन् । तर, प्रदीप ‘प्रेमगीत ३’को सुटिङमा व्यस्त भएपछि साम्राज्ञी कुरेको कुर्यै भएकी छिन्। तिहारलगत्तै सुरु भएको सुटिङ कहिले सकिने टुंगो छैन । अरुलाई कुराउने सम्राज्ञी यतिबेला आफै कुर्न बाध्यछिन् । अझ मुस्ताङमा भइरहेको सुटिङका कारण रोकिएपछि त साम्राज्ञीको प्रतीक्षा झन् लामो हुने देखिएको छ । यस्तै धैर्य फिल्म साइन गर्नुअघि पनि देखाए, फ्लप फिल्मको संख्या कम हुन्थ्यो कि, साम्राज्ञीजी ?











