शाक्य भन्छन् ‘दर्शकको स्तर बढेको छ’

फिल्म । अभिनेता धिरेन शाक्यले दाङ जिल्लालाई फिल्मनगरीको रुपमा विकास गर्न सकिने सम्भावना रहेको औल्याएका छन् । चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाले गत शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रम उनले यस्तो धारणा राखेका हुन् । ‘यहाँ छायांकनको धेरै सम्भावना रहेको छ । सम्बन्धित निकायबाट ती स्थानको खोजी गरि विकास,प्रवर्द्धन र सम्वर्द्धनमा ध्यान दिने हो भने जिल्लालाई चलचित्र नगरीको रुप दिन सकिन्छ’ शाक्यले भने ।

साथै , उनले लकडाउनमा ओटीटी प्लेटफर्ममा रिलिज भएका फिल्महरुले दर्शकको हेराइमा नयाँ स्वाद दिएको भन्दै नेपाली मेकरले पनि अझै बढी मेहनत गर्नु पर्नेमा जोड दिए । अभिनेता शाक्य फिल्म ‘मञ्जिल’ को छायांकनका लागि दाङ्ग पुगेका हुन् । शाखा अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रम सल्लाहकार शरद रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संघ संस्थापक उपाध्यक्ष चेतन रेग्मीले धन्यवाद मन्तव्य दिएका थिए भने कार्यक्रमको सहजीकरण सचिव पुर्ण के.सी.मुस्कानले गरेका थिए।

कमेन्ट गर्नुहोस्