फिल्म । फिल्म ‘चपली हाइट ३’ तेस्रो पटक रिलिज हुने भएको छ । फिल्म यहिँ शुक्रबार साउन २० गतेबाट प्रदर्शनमा आउन लागेको हो । पछिल्लो समय कोभिड १९ को मारमा परेको भन्दै निर्माता अर्जुन कुमारले तेस्रो पटक रिलिज गर्न लागिएको बताए । ‘हाम्रो फिल्म दुई पटक नै रिलिज हुँदा कोभिडको मारमा पर्यो । कोभिड कम भए लगत्तै रिलिज भएकाले दर्शक हलसम्म आउने वातावरण बनेन । त्यसकारण यसपटक रिलिज गरेका हौँ’ निर्माता अर्जुन कुमारले भने ।
उनले दर्शककै डिमाण्डका कारण रिलिज हुन् लागेको समेत बताए । निर्देशक निकेश खड्काले अब फिल्म रिलिज नहुने बताए । ‘तेस्रो पटक रिलिज भयो , अब हुँदैन् । अघिल्लो दुई रिलिजमा दर्शकले फिल्म हेर्ने वातवरण थिएन । राम्रो प्रतिक्रिया बटुले पनि कोभिडका कारण दर्शक हलसम्म आएनन्’ उनले भने । फिल्म ‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, आमिर गौतम लगायतका कलाकारको अभिनय छ ।