सारुकको भिडियो हेरेर रोइन् आमा

फिल्म । दिवंगत अभिनेता सारुक ताम्राकारलाई ट्रिब्युट गर्ने भन्दै चलचित्र ‘ह्यासट्याग माया’ मायाको टिमले बनाएको म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा मञ्चमा बसेका अभिनेत्री सृष्टि श्रेष्ठ र सारुक ताम्राकारकी आमा रुकमणि ताम्राकारले साथी र छोरालाई सम्झने क्रममा भक्कानिए पछि कार्यक्रममा उपस्थित धेरैका आँखा ओभाना रहेनन् ।

सारुकले ‘ह्यासट्याग माया’का लागि तीन वर्षदेखि मेहनत गरिरहेका थिए । तर सुटिङको क्रममा नै गत असार २१ गते उनले आत्महत्या गरे । एक चौथाइ मात्र सकिएको फिल्मको काम अलपत्र पर्यो । तर फिल्मका निर्देशक राजीव गुरुङले सारुकको अन्तिम काम कुनै न कुनै रुपमा दर्शकसामु आउनुपर्छ भनेर त्यसलाई गीतको रुप दिएर सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा बोल्दै सारुककी आमाले छोरा तीन वर्षदेखि फिल्म भन्दै हिडेको र राम्रै भइरहेको होला भन्ने सोचिरहेको समयमा उल्टै छोरा गुमाउनु पर्दा भाव विह्वल बनेको बताइन् । बोल्दा बोल्दै भक्कानिएकी उनले छोराका अन्तिम काम सबैलाई हेरिदिन आग्रह गरिन् ।

सारुककि आमा रुकमणिले आफ्नो छोराले निकै मेहनतका साथ गरेको कामलाई म्युजिक भिडियोकै माध्यमले सार्वजनिक गरिदिएकोमा धन्यवाद व्यक्त गरिन् । उनले छोराकै मृत्यु वियोगका कारण पति सानु ताम्राकार अस्पताल भर्ना हुनुपरेको कारण कार्यक्रम उपस्थित नभएको जानकारी गराइन् । उनले सारुकलाई लिएर सामाजिक सञ्जाल र अन्यत्र विभिन्न अड्कलबाजी भइरहेकाले अनुसन्धानमा खटिएका प्रहरीलाई छिटै सत्यतथ्य सार्वजनिक गरिदिन समेत आग्रह गरिन् ।

कमेन्ट गर्नुहोस्