वसन्तीले ल्याइन ‘बेबी वसन्ती’

संगीत । गायिका तथा मोडल वसन्ती राईको नयाँ गीत ‘बेबी वसन्ती’ सार्वजनिक भएको छ । राजेश गुरुङको शब्द तथा संगीतमा तयार भएको गीतमा वसन्तीको स्वर तथा अभिनय रहेको छ । यसगीतमा एरेञ्ज तथा मिक्सिङ मास्टरिङ अमृत ल्वागुनको रहेको छ । पुर्वेली तथा आधुनिक गीतहरु मार्फत परिचित वसन्तीले पहिलो पटक आइटम गीत ल्याएकी हुन् ।

निर्देशक तथा कोरियोग्राफर गम्भिर बिष्टद्वारा निर्देशित भिडियोमा वसन्तीले आकाश श्रेष्ठ, सुरवीर पण्डीत र कमेडियन फुलन्देकी आमा उमेश राईसँग ठुम्का लगाएकी छिन् । भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी, एडिट तथा कलर नबिन निरौलाको रहेको छ ।

कमेन्ट गर्नुहोस्