दसैँ लक्षित तिन फिल्म , कसको भिडन्त को संग ?

20 Shares

फिल्म । यतिबेला आउँदो दसैँमा सबैको ध्यान केन्द्रित छ । किनकी यो समयमा दिपेन्द्र लामा निर्देशित ‘छ माया छपक्कै’ र अशोक शर्माको ‘रातो टीका निधार’मा उक्त मितिमा आउनसक्छ । तर , यतिबेला केहि फेरबदल हुने सम्भावना बढेको छ । ‘छमाया छपक्कै’ असोज १० मा आउने भनिएपछि उक्त डेटमा हेमराज विसी निर्देशित घामड शेरे प्रदर्शनमा आउँन सक्ने सम्भावना बढेको छ । अशोक शर्माको व्यवस्थापनमा चलिरहेको डिजिटल सिनेमा नेपाल (डीसीएन)ले निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर ‘घामड शेरे’को अलनेपाल वितरण अधिकार ५० लाख नेरु एमजी अर्थात मिनिमम ग्यारेन्टीमा किनेको छ ।

यससगै यो फिल्म असोज १० मा प्रदर्शनमा आउने सम्भावना बढ्दो छ । यदि कुरा यही अनुसार अगाडि बढ्यो भने छ माया छपक्कै र घामड शेर १० असोजमा आउन सक्छन् । र, रातो टीका निधारमा फूलपातिको एकदिन अगाडि १७ गते । यता आफुले सोलो रिलिज पाए मात्र १० मा आउने तयारीमा ‘छमाया छपक्कै’ टिम रहेको बुझिएको छ । अब हेरौ , कुन फिल्म को-संग एकसाथ प्रदर्शनमा आउछन ? तर घाटा भने थोरधेर तिनै फिल्मलाई लाग्ने पक्का छ ।

Facebook Comments