यसपटक इदमा सलमानको फिल्म नआउने

फिल्म । कोराना भाइरस (कोभिड १९) ले महामारीको रूप लिएपछि चैत्र १० देखि सरकारले ‘लकडाउन’ गरिरहेको छ । एक मानिसबाट अर्को मानिसमा यो रोग सर्ने भएकाले विश्वका अधिकांस देशले ‘लकडाउन’ गरेर सामाजिक दुरी कायम गरिरहेका छन् । जो जहाँ छन् , त्यहिँ बसिरहेका छन् । यसले फिल्मको सुटिङ, रेकर्डिङदेखि पोस्ट प्रोडक्सनसम्मका सबै काम ठप्प भएका छन् । ज्यादा समय घरबाहिर बिताउने सेलिब्रिटी ‘लकडाउन’ भएदेखि घरमै छन् ।

कोरोना भाइरसको फैलिदो संक्रमणकै कारण यसपटक इदमा सलमान खानको फिल्म नआउने भएको छ । सलमानले इदमा आफ्नो फिल्म दर्शकसामु ल्याउने गर्छन् । यसपटक सन् २०२० को लागि उनले यस्तै योजना बनाएका थिए । उनले आफ्नो वान्टेडको अवतार रहेको फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाइ’ ल्याउने तयारी गरिरहेका थिए । तर , कोरोना भाइरसको संक्रमण विश्वमा फैलिएसँगै उनले काम पुरा गर्न पाएनन् । फलत : फिल्म यसपटक इदमा नआउने भएको छ ।

सलमान यसमा एक्सन अवतारमा देखिनेछन् । यो फिल्मलाई पनि सलमानलाई ‘वान्टेड’ जस्तो फिल्ममा प्रस्तुत गरेका प्रभुदेवालाई नै निर्देशन गर्नेछन् । प्रभुदेवाले हालै सलमानको फिल्म ‘दबंग ३’ को निर्देशन गरेका हुन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्