परीनितीको हल्ला मात्रै ?

फिल्म । पछिल्लो समय बलिउडमा बायोपिक बन्ने लहर नै छ । बनिरहेका फिल्मले बलिउडमा सफलता पनि पाइरहेका छन् । बलिउडमा बायोपिक बन्ने लहर र त्यसले पाइरहेको सफलताको कारणले यसतर्फ फिल्म निर्माता र कलाकार आकर्षित भइरहेका छन् । यसैमा थपिदैछिन् टेनिस खेलाडी सानिया मिर्जा पनि । आफ्नो खेलसंगै सुन्दरताको कारण पनि चर्चामा आएकी सानियाको पनि बायोपिक बन्ने चर्चा बलिउडमा थियो ।

सानियाको खेल जीवनलाई पर्दामा बलिउडकी सुन्दरी परीनिती चोपडाले उतार्ने छिन् । परीनितीले एक अन्तर्वार्ताको क्रममा आफुले सानियाको भूमिकाकै लागि प्रशिक्षण समेत सुरु गरेको बताएकी थिइन् । उनले बताएपछि न्युज पनि आयो । तर , फिल्मको काम अझै अगाडी बढ्न सकेको छैन । परीले पनि त्यसपछि सानियाको बायोपिकको बारेमा केहि बोलेकी छैनन् । कतै ,चर्चामा आउने परीको रणनीति त हैन ? (एजेन्सी)

कमेन्ट गर्नुहोस्