निर्देशकले सोचेको ‘दबंग’

फिल्म । बलिउडको सबभन्दा ठूलो हिट फ्रान्चाइज मध्ये एक हो– दबंग । किनकी यसको दुइ सिरिज निकै सफल भएका छन् । साथै , यसले सलमानलाई ‘चुलबुल पाण्डे’ को उपनाम समेत दिएको छ । यही फिल्मले सलमान खानलाई ५० वर्षको उमेरमा एक्सन हिरोका रुपमा बलिउडमा झन् माथि पुर्‍यायो । तर, सोच्नुस् यदि यो भूमिकामा सलमान बाहेक अरु कोही हुन्थ्यो भने कस्तो लाग्थ्यो ? त्यो पनि जम्मा दुई करोड बजेटको फिल्म ?

हालै सलमानले नै एक समारोहमा ‘दबंग’को निर्माण कथा सुनाउँदा शुरुमा यो भूमिका रणदीप हुडाका लागि लेखिएको बताए । ‘मलाई अरबाज (उनका भाइ तथा दबंगका निर्माता)ले यसको कथा सुनाउँदा दबंग निकै डार्क स्क्रिप्ट थियो । चुलबुल पाण्डे खलनायक जस्तो थियो । फिल्ममा कुनै गीत थिएन, एक्सन सिन थिएन । जम्मा दुई करोडमा रणदीप हुडालाई लिएर बनाउने भन्ने अभिवन (दबंगका निर्देशक अभिनव कश्यप) र अरबाजको सोच रहेछ’ उनले भनेका छन् । यो कथा सुनेको सात आठ महिनापछि सलमानले फेरि स्क्रिप्ट सुने । त्यसपछि स्क्रिप्टमा निकै धेरै फेरबदल गरियो, जसमा निर्देशक अभिनव पनि राजी भए । अनि बन्यो– सलमानको ‘दबंग’ ।

(एजेन्सी)
कमेन्ट गर्नुहोस्