दुर्घटनामा गायत्रीको निधन

फिल्म । तेलगु फिल्मकी लोकप्रिय अभिनेत्री गायत्री अर्थात् डोली डिक्रुजको कार दुर्घटनामा निधन भएको छ । गायत्री आफ्ना साथीहरूका साथ कारमा घर आइरहेकी थिइन् । उनको कार हैदराबादको गच्चीबोली क्षेत्रमा दुर्घटना भएको बताइएको छ । गायत्रीको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा उनको कार चलाईरहेको साथीको पनि निधन भएको छ । गायत्रीको साथीले हाकिरहेको कार सडकमा रहेको डिभाइडरमा ठोक्किएपछि नियन्त्रण बाहिर गएपछि दुर्घटना भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

स्थानीयले गायत्रीसहित उनका साथीलाई अस्पताल लगे लगत्तै मृत घोषणा गरिएको थियो । दुर्घटनामा अर्को एक महिलाको पनि निधन भएको बताइएको छ । गायत्री वेब सिरिज ‘मेडम सर मेडम अन्ते’बाट लोकप्रिय भएकी थिइन् । सामाजिक सञ्जालमा फ्यान फलोइङ रहेकी गायत्री अभिनयमा आउनु अगावै आफ्नो ग्ल्यामरस इन्स्टाग्राम पोस्टसँगै आफ्नो युट्युब च्यानल जलसा रायुडूका माध्यमबाट चर्चित बनेकी थिइन् ।

कमेन्ट गर्नुहोस्