शाहरुखको ‘पठान’ मा सलमानसँग ऋतिक पनि ?

फिल्म । हलिउडमा मार्भल स्टुडियोको एभेन्जर्स र डिसीको जस्टिस लिगले पाएको सफलताले पनि सुपरहिरोहरु भनौ वा स्टारलाई एकसाथ ल्याउँदको फाईदा प्रस्ट्याइसकेको छ । बलिउडमा पनि पछिल्लो समय निर्देशक रोहित शेट्टीले ‘कप युनिभर्स’ निर्माण गरिरहेका छन् । उनको फिल्म सिंघम , सिम्बा र सूर्यवंशीलाई उनले एकसाथ फिल्ममा ल्याउदैछन् । उनले सिम्बामा सिंघम र सूर्यवंशीलाई सानो भूमिकामा भित्र्याएका थिए भने रिलिजको तयारीमा रहेको ‘सूर्यवंशी’ मा सिंघम र सिम्बाको राम्रै भूमिका छ । दर्शक माँझ पनि यसको क्रेज बढ्दो छ ।

यसैलाई मध्यनजर गर्दै बलिउडको ठुलो कम्पनि यशराज फिल्म्सले पनि आफ्नो सफल स्पाइक्यारेक्टरलाई लिएर ‘स्पाइ युनिभर्स’ बनाउने भएको छ । टाइगर सिरिज र वारको सफलता पछी यतिबेला यशराज फिल्म्सका आदित्य चोपडाले ‘पठान’ फिल्म निर्माण गरिरहेका छन् । सिद्धार्थ आनन्दको निर्देशनमा तयार भइरहेको फिल्ममा शाहरुख खान र दीपिका पादुकोण मुख्य भूमिकामा छन् ।

‘जिरो’ को असफलतापछी पर्दामा नदेखिएका शाहरुखले फिल्म गर्ने भएपछी आदित्यले पनि यसलाई ठुलो एक्सन थ्रिलर बनाउने तयारीका साथ टिमअप समेत गरेका छन् । फिल्ममा शाहरुखसँगै दीपिका पादुकोण र जोन अब्राहम पनि छन् । यसका साथै फिल्ममा सलमान खान पनि देखिने छन् । उनि फिल्ममा टाइगर अर्थात अविनास सिंह राठौरको भूमिकामा प्रस्तुत हुनेछन ।

उनको ‘टाइगर’ अवतारलाई फिल्ममा सिद्धार्थले जोड्नेछन् । यसका साथै फिल्ममा ऋतिक रोशन पनि हुने सम्भावना बढेको छ । टाइगर र वारको आउँदो सिरिजको कथा ‘पठान’ सँग जोडिने भएको हुँदा पनि फिल्ममा सलमानको टाइगर अवतार र ऋतिकको कबिर अवतारमा प्रस्तुत हुनेछन् । सलमान र ऋतिकसँगै शाहरुखको फिल्ममा हुने सम्भावना बढेपछी फ्यान भने निकै उत्साहित छन् । पठानको कथाले ‘टाइगर ३’ मा निरन्तरता पाउने भएपछी शाहरुख र सलमानलाई एक्सन रोलमा हेर्न चाहने दर्शक निकै खुसि छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्