रणवीर र दीपिकाले सार्वजनिक गरे विवाह डेट

जयहोस् । यतिबेला बि-टाउनमा रणवीर सिंह र दीपिका पादुकोणको विवाहको चर्चा बढ्दो छ । एक्ट्रेस दीपिकाले आफ्नो फेसबुक पेजबाट विवाहको कार्डको डिजाइनसँगै डेट पनि सार्वजनिक गरिसकेकी छिन । दुईपरिवारको सहमतिमा रणवीर र दीपिका विवाह गर्न लागेका हुन् । यी दुई प्रेममा परिसकेपछि घरपरिवारको अनुमति लिएका थिए । दीपिकाले मात्र होइन एक्टर रणवीरले पनि ट्विटर मार्फत कार्ड डिजाइन र डेट सार्वजनिक गरेका छन् । यी दुईको विवाह नोभेम्बर १४ मा हुनेछ भने रिसेप्सन पार्टी १५ मा हुनेछ । पछिल्लो समय मिडियामा विवाह बारे विभिन्न खबर आउँन थालेपछि रणवीर र दीपिका आफैले विवाहको डेट सार्वजनिक गरेका हुन् ।
कमेन्ट गर्नुहोस्