‘मेरो आशय कसैको भावनामा ठेस पर्‍याउनु थिएँन’ : सुजन

संगीत । संदेशमुलका गीतसंगीतमार्फत आफ्नो छुटै पहिचान स्थापित गरेका स्रस्टा डि.आर सुजनले ल्याएको म्युजिकल फिल्म (गीत) ‘नेपाली हाम्रो जात’ मा विवाद उत्पन्न भएपछि परिमार्जन गरिएको छ । सुजनले नयाँ भर्सनलाई ‘जातीयताबाद मुर्दाबाद’ शिर्षक राखेर सार्वजनिक गरेका छन् । आफ्ना अघिल्ला गीत झैँ यसमा पनि उनले मनोरञ्जनसँगै सामाजिक संदेश प्रस्तुत गरेको भएता पनि गायक मध्येका एक राजु परियारमार्फत विरोधका आवाज उठेपछि उहाँको आवाज हटाएर सार्वजनिक गरिएको जानकारी दिए ।

‘मेरो उदेश्य कसैको भावनालाई ठेस पुर्‍याउनु थिएन । मैले सामाजिक विकृतिलाई देखाउन खोजेको मात्र थिएँ’, सुजनले भने,’गीतसंगीतमार्फत चेतना वृद्धि गर्नु हामी सर्जकको दायित्व पनि हो । त्यहिँ कारणले मेरा गीतमा सामाजिक विषयले स्थान पाउने गरेका छन् । मैले जातीय भन्दा पनि वर्गीय विभेद विद्यमान छ भन्ने संदेश दिएको छु ।’

उनले सार्वजनिक गरेको म्युजिकल फिल्ममा सबै एक समान भएको र आर्थिक सम्पन्नताको आधारमा विभेद भने कायम रहेको बताएका छन् । ‘हामी जुनसुकै जात भएपनि नेपाली हौँ । गीतमा मैले यहिँ भावलाई प्रस्तुत गर्ने जमर्को गरेको छु । जातीय वर्गीकरण गर्नुहुदैन भन्ने हाम्रो आशय हो’,उनले भने ।

गीतमा शब्द, संगीत, परिकल्पना, कथा र निर्देशन सुजनकै रहेको छ । यसमा सुजनसँगै हेमन्त कान्छा रसाईली र धर्म गन्धर्वको स्वर रहेको छ । सार्वजनिक म्युजिकल फिल्ममा निर्देशक सुजनसँगै विनोद परियार, सुरवीर पण्डित, रामबाबु रेग्मी, तारा बहादुर गुरुङ, लोकेन्द्र लेखक, तारा केसी, सरिता राजोपाध्याय, मुकुन्द मैनाली, इश्वरी बराल लगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

यसमा मुकेश नेपालीको नृत्य निर्देशन, किरण चैसिरको छायांकन, मिलन विश्वकर्माको सम्पादन र कलर, रोनिशा अधिकारीको मेकअप रहेको छ ।

कमेन्ट गर्नुहोस्