टिकटकमा हिट गरुड पुराणको ‘म त पिरिममा’

फिल्म । फिल्म ‘गरुड पुराण’ सार्वजनिक गीत तथा ट्रेलरको कारण चर्चामा छ । साता अघि सार्वजनिक गरिएको ट्रेलरमा बोलिएको संवादलाई दर्शकले रुचाइरहेका छन् भने फिल्मको गीत ‘म त पिरिममा’ लाई पनि दर्शक तथा श्रोताले उतिकै रुचाएका छन् । गत नोभेम्बर २२ मा सार्वजनिक गीतलाई युट्युबमा झन्डै १५ लाखको हाराहारीमा हेरिसकेका छन् । तर यसलाई युट्युब भन्दा पनि टिकटकमा रुचाइएको छ । अर्थात् अहिलेसम्म ४५ हजार भन्दा बढी टिकटक भिडियो निर्माण भईसकेको छ , फिल्मको । साथै यो गीतलाई अहिलेसम्म टिक टकमा ३५ लाख पटक हेरिसकिएकोछ ।

‘गीत र ट्रेलरको रेस्पोन्सले निकै उत्साहित छु’ निर्देशक सुवासले भने ‘टिकटकमा पाएको रेस्पोन्स पनि उत्साहजनक छ ।’उनका अनुसार यो गीतको कभर भिडियो प्रतियोगिता राखिएले पनि टिकटकमा चर्चा पाएको हो ।पारिवारिक प्रेमकथामा आधारित फिल्ममा हास्यरस पनि रहेको निर्देशक कोईरालाको भनाई छ । यसगीत ‘म त पिरिममा’ मा गीतको भिडियोमा अभिनेता निर्देशक निश्चल बस्नेतसँगै फिल्मका कलाकारहरु कर्मा शाक्य र नव नायिका प्रियंका सिंहको नृत्य छ । गीतमा निश्चलको जोडीको रुपमा अन्जली योञ्जन पनि छिन् ।

गीतमा कोसिस क्षत्रीको संगीत, दिनेश राउतको शब्द छ । गीतलाई कोसिस र मनिषा पोखरेलले गाएका हुन् । यसको कोरियोग्राफी रेनाशा वान्तवा राईले गरेकी छिन् ।आकाश बराल, बिनोल खतिवडा र सुवास आफैंले लेखेको यो फिल्मको कथा कसम नेपालको हो । निर्माताको रुपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् । सुसन प्रजापतिको छायाँकन रहेको फिल्मलाई उज्ज्वल ढकालले सम्पादन गरेका छन् । फिल्म माघ ४ मा रिलिज हुदैछ ।

कमेन्ट गर्नुहोस्