सुरक्षालाई चटारो !

11 Shares

फिल्म । अभिनय गर्ने शिलशिलामा सुरक्षा पन्तको नाम अगाडी आउने गर्छ । उनले आफुले पाएको भूमिकालाई निर्वाह गर्न र जीवन्त देखाउन हरप्रयास गर्ने गर्छिन् । भलै , केहि समय अगाडी उनि एक कमेन्टका कारण चर्चामा आइन । यिनै सुरक्षालाई यतिबेला चटारो परेको छ । उनको मुख्य अभिनय रहेको फिल्म ‘घर’ आउँदो साउन ३ बाट प्रदर्शनमा आउंदैछ ।

यहि समयमा उनको फिल्म ‘आमा’ फलोरमा छ । निर्माण कम्पनि डिएस डिजिटल एकै भएकोले उनले ‘एक्सक्युज’ त पाएकी छिन् , तर चटारो त छदैछ । अर्पण थापाको निर्देशनमा तयार फिल्म ‘घर’ मा दीपेन्द्र के खनाल पनि निर्माताको रुपमा छन् । तर, खनाल भने फिल्मकी हिरोइनसमेत लिएर आमाको सुटिङमा लागेका छन् ।

फिल्ममा पानी परेको दृश्य धेरै भएकोले यस समयमा छायाँकनमा गएको ‘आमा’ युनिटको भनाइ छ । तर , पनि रिलिज हुन लागेको फिल्मलाई पर्याप्त ध्यान नदिएर नयाँ फिल्मको सुटिङमा हिड्नुको अर्थ चैं के होला ? सुरक्षाले नै जानुन् ।

Facebook Comments