प्रिमियरमा रुचाइयो ‘सानो मन’

12 Shares

फिल्म । रिलिजको पुर्व सन्ध्यामा बिहिवार साँझ राजधानीमा फिल्म ‘सानो मन’को प्रिमियर गरिएको छ । प्रिमियरमा नेपाली फिल्म तथा संगीत क्षेत्रका विभीन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो । फिल्म हेर्न आएका अधिकांसले यसलाई मन पराएका छन् । फिल्म हेरेपछि अभिनेत्री प्रियंका कार्कीले ‘मिठो प्रेम कथा’ भनिन् ।

‘फिल्म निकै सफ्ट बनेको छ भने कलाकारहरुले निकै राम्रो काम गरेका छन्’ प्रियंकाले भनिन् । उनले लभ स्टोरी मन पराउने दर्शकलाई फिल्म हेर्न समेत आग्रह गरिन् । यसैगरी प्रिमियरमा पाएको प्रतिक्रियाले निर्देशक सुयोग गुरुङ निकै उत्साहित थिए । ‘प्रतिक्रियाले नर्भस बनाएको छ र उत्साहित पनि’ सञ्चारकर्मीसँग कुरा गर्दै निर्देशक गुरुङले भने ।

फिल्म हेरेका अधिकांसले आयुष्मान डिएस जोशी र शिल्पा मास्केको पनि तारिफ गरेका छन् । ‘फिल्ममा हामीले मेहनत त गरेका छौ नै तर हाम्रो मेहनतमा निखारता ल्याउने श्रेय सुयोगलाई जान्छ’ शिल्पाले भनिन् । आयुष्मानले पनि निर्देशकको कामको तारिफ गरे । ‘मैले पाएको प्रतिक्रियाले त खुसि छु नै साथै डेब्यु फिल्ममा सुयोगजीले पाएको प्रतिक्रियाले निकै खुसि बनाएको छ’ उनले भने ।

यसमा सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ । आलोक शुक्लले छायांकन गरेको यस फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । समिर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन छ । ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा यो फिल्म निर्माण भएको हो ।

Facebook Comments