क्रसलाई भाई बनाइदिए

फिल्म । पछिल्लो समय बलिउड एक्ट्रेस दिव्य दत्त चर्चामा रहे गर्छिन् । उनलाई फिल्म भन्दा पनि वेब सिरिजले चर्चामा ल्याएको हो । यिनै दिव्याले हालै एक पुस्तक समेत निकालेकी छिन् । यसैको प्रचारप्रसार गर्न एक शोमा पुगेकी दिव्याले आफ्नो क्रस सलमान खान र फरहान अख्तर रहेको बताएकी छिन् । ‘मलाइ बलिउडमा दुइ अभिनेता सलमान र फरहानमा क्रस थियो । तर , मलाइ फिल्ममा दुवैको बहिनि बनाइयो’ दिव्याले भनिन् ।

उनले सलमान आफुलाई बाल्यकाल देखि नै मन पर्ने बताइन । ‘उनको मैने प्यार किया फिल्म हेरेपछि म फ्यान भएकी थिए । उनि निकै मन पर्छन् । आफ्नो अंकलसँग आग्रह गरेर फोटो पनि खिचाएकी छुँ’ दिव्याले भनिन् । उनले आफुलाई बाल्यकाल देखि नै फिल्ममा देखिने रहर जागेको बताइन । ‘मलाई फिल्म आउन मन थियो । त्यसैले कति पटक सलमानको छायांकन फस्ट लाइनमा बसेर हेरे गर्थे । सलमानले मलाइ क्युट देखेर कतै फिल्म सिफारिस गर्छन् कि भन्ने थ्यो तर त्यसो भएन’उनले भनिन् ।

दिव्याले वीरगतिमा सलमानको बहिनिको भूमिका निर्वाह गरेकी छिन् भने भाग मिखा भागमा फरहानको बहिनिको भूमिका निर्वाह गरिन् । उनले निर्वाह गरेको भूमिकालाई दर्शकले रुचाए । यद्दपी उनलाई त्यो गर्न भने मन थिएन ।

कमेन्ट गर्नुहोस्