सङ्गीत । आगामी फेब्रुअरी २८ मा भारतको सिलिगुडीस्थित उत्सोधारा टिस्टा टाउनसिप (कावाखाली ग्राउण्ड पछाडि) आयोजना हुन लागेको ‘नेपथ्य लाइभ इन सिलिगुडी’ कन्सर्टका लागि आधिकारिक टीसर्ट तथा मर्चेन्डाइज सार्वजनिक गरिएको छ । नेपाली लोक रक ब्याण्ड नेपथ्यले सिलिगुडीमा पहिलोपटक प्रस्तुति दिन लागेको हो ।
टीसर्ट र मर्चेन्डाइज दार्जिलिङका सांसद राजु विष्टले सार्वजनिक गरेका हुन् । पीभीई नेटवर्क र क्लब ग्राभिटीले संयुक्त रूपमा आयोजना गर्न लागेको उक्त कार्यक्रममा सांसद विष्ट प्रमुख अतिथिका रूपमा सहभागी रहनेछन् ।
पीभीई नेटवर्कका संस्थापक निर्देशक विकेश कायस्थका अनुसार कन्सर्टमा उत्तर बंगाल, भारतको उत्तर–पूर्वी क्षेत्र, भुटान र नेपालबाट हजारौँ दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको छ।
कमेन्ट गर्नुहोस्












