संगीत । अनिल जोशी र अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘जनकपुरे रेल’ सार्वजनिक भएको छ । गीतमा जगत तिरुवाको र्याप छ । गायक जोशीले तयार पारेको शब्दमा जोशी र तिरुवाले संयुक्त रूपमा संगीत भरेका छन् । गीतको एरेन्ज भने मोहित मुनालले गरेका छन् ।
डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य देख्न सकिन्छ । माइकल चन्दको निर्देशनमा बनेको भिडियोमा माइकल स्टेप-अप आर्ट एकेडेमीको करियोग्राफी रहेको छ । उत्सव दाहालले खिचेको भिडियोमा शिलन लम्सालको सम्पादन तथा कलर छ ।
कमेन्ट गर्नुहोस्











