‘गङनम स्टाइल’ गायन नेपाल आउँदै

संगीत । युट्युबले नै आफ्नो गणना क्षमता बढाउन बाध्य भएको गीत ‘गङनम स्टाइल’का गायक पीएसवाई (पार्क जेई साङ) नेपाल आउने भएका छन् । नेपाल र कोरियाको कुटनीतिक सम्बन्ध स्थापित भएको ४५ बर्ष पुगेको अवसरमा कोरियाली राजदुतावासले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् । ५ जुलाई २०१२मा सार्वजनिक भएको उक्त गीतको मार्फत साउथ कोरियन गायक पीएसवाई विश्भर परिचित भए ।

‘पीएसवाई विथ के-पप लाइभ इन नेपाल’ नाम दिइएको उक्त कन्सर्ट डिसेम्बर १५ तारिक खुमलटार, सातदोबाटो स्थित रेडियो नेपालको ग्राउण्डमा हुनेछ । ५ घण्टासम्म चल्ने उक्त कन्सर्टमा नेपालको तर्फ बाट ‘मन मगन’ गीतबाट पछिल्लो समय देश देखि विदेशसम्म चर्चा कमाइरहेका गायक दीपक बज्राचार्यले आफ्नो प्रस्तुती राख्नेछन् । दीपकसँगै कोरियाका चर्चित ब्याण्डहरु , बिएपी , एसएफ नाइन , एओए , मोमोल्यान्ड , बेरी गुड , बड्किज सहभागी हुनेछन ।

कमेन्ट गर्नुहोस्