‘क्लासी मोडल इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्दै प्रविण

सौन्दर्य । इन्डोनेसियाको बालिमा आयोजना हुने अन्तराष्ट्रिय मोडलिङ प्रतियोगीता ‘क्लासी मोडल इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व प्रविण पाठकले गर्ने भएका छन् । ‘मिस्टर नेपाल २०२३’ को उत्कृष्ट १० भित्र पर्न सफल उनी नेपालको एक्लो प्रतिनिधित्व हुन् ।

बिभिन्न २० भन्दा बढी देशका पुरुष मोडलहरुको सहभागीता रहने प्रतियोगीता यहि मार्च १५ देखि १९ सम्म आयोजना हुनेछ । प्रतियोगीताका लागि पाठक मंगलबार इन्डोनेसिया उड्नेछन् ।

नेपाल चिनाउने बिभिन्न कल्चरल प्रस्तुति र भेषभुसा सहित ‘क्लासी मोडल इन्टरनेशनल’मा आफु सहभागी हुन लागेको पाठकले बताए ।

कमेन्ट गर्नुहोस्