अन्तरजातीय प्रेम कथामा ‘बेग हानी गाको’ (भिडियो)

संगीत । गायिका इन्दिरा जोशीको नयाँ गीत ‘बेग हानी गाको’ सार्वजनिक भएको छ । उनले आफ्नै च्यानल मार्फत सार्वजनिक गरेको गीतमा उनको स्वर रहेको छ भने यसमा शब्द र संगीत श्रीकृष्ण बम मल्लको रहेको छ । गीतको भिडियोलाई स्वयम् इन्दिराले नै निर्माण गरेकी छिन् । गीतको मर्म अनुसार तयार पारिएको भिडियोमा इन्दिरा र कर्माको अभिनय रहेको छ ।

अन्तरजातीय प्रेम कथामा आधारित भिडियोमा गाउँको परिवेशलाई देखाइएको छ । गीतको भिडियोमा माला र कुमारको प्रेम कथालाई देखाइएको छ । पछिल्लो समय भिडियोमा कथा कम देखाउने प्रचलन बढ्दै गईरहेको अवस्थामा इन्दिराले भने कथालाई प्राथमिकता दिएकी छिन् । भिडियोले मानिसको स्वतन्त्र प्राणी हुन् नसकेको यथार्थलाई प्रस्ट्याएको छ । कुनै समयमा ग्लामरछविकी गायिकाको रुपमा स्थापित इन्दिराले आफुलाई गाउँले युवतीको रुपमा प्रस्तुत गरेकी छिन् भने कर्माले पनि क्यारेक्टरलाई जीवन्त बनाएका छन् । गीतको भिडियोमा कविता आले , बिनोद भट्टराई र मिश्री थापाको पनि अभिनय रहेको छ । भिडियोमा शिवराम श्रेष्ठको छायांकन , लोकेश बज्राचार्यको सम्पादन रहेको छ भने यसलाई एलीन श्रेष्ठले निर्देशन गरेका छन् ।

कमेन्ट गर्नुहोस्