‘ह्रस्व दीर्घ’ को अमेरिका तथा क्यानडा तय

फिल्म । अभिनेत्री नीता ढुँगानाको निर्माण रहेको ‘ह्रस्व दीर्घ’ फिल्मको अमेरिका तथा क्यानडा प्रदर्शन अधिकार विक्री भएको छ । नेपाली तथा तेलेगु भाषाना रिलिज हुने यो फिल्मको प्रदर्शन अधिकार रमेश भट्टको एभ्रेष्ट इन्टरटेनमेन्ट तथा अभिजित राई इ-पिक इन्टरटेन्मेन्टले संयूक्त रुपमा लिएका हुन् । चन्द्र पन्त निर्देशित फिल्म नेपाली तथा चर्चित भारतीय कलाकारहरुको लाइनअपका कारण चर्चामा रहेको छ।

यसमा ब्रम्हानन्दम, अलि तथा ‘गजनी’ फिल्मका खलनायक विजय रावतको समेत अभिनय रहेको छ । हरिहर अधिकारीले लेखेको फिल्ममा हरिहर तथा नीताका अलावा विपना थापा, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुईँटेल, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, रविन्द्र झालगायतका नेपाली कलाकारहरुको पनि अभिनय छ ।

तीन सेड्यूलमा छायाँकन हुने फिल्मको पहिलो र दोस्रो सेड्यूलको छायांकन सकिएको छ भने तेस्रो सेड्यूलको (१० दिन)छायांकन भारतमा हुँदैछ । बिग बजेटमा तयार हुँदै गरेको फिल्मलाई लिएर नीता उत्साहित रहँदै आएकी छिन्। फिल्म आगामी वर्षको दशैंको पूर्वसन्ध्यमा असोज ११ गते रिलिज हुनेछ।

कमेन्ट गर्नुहोस्