सङ्गीत । अभिनेत्री शिल्पा पोखरेलको अभिनय रहेको ‘डिभोर्स’ शीर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ । यो गीतले सम्बन्धविच्छेद र यसले पार्ने प्रभावको कथा बोकेको छ।
गीतमा गायक प्रमोद खरेल, अनु चौधरी, र सुप्रिम मल्ल ठकुरीको स्वर रहेको छ। अनमोल विक्रमको शब्द रहेको यस गीतमा ऋषि खड्काले संगीत दिएका छन्। म्युजिक भिडियोमा शिल्पा पोखरेलका साथै विक्रम बुढाथोकी, एलेक्स खड्का र रमेश अधिकारीको अभिनय देख्न सकिन्छ।
विक्रम चौहानको कथा तथा निर्देशनमा तयार भएको यो म्युजिक भिडियो एलबी प्रोडक्सनले सार्वजनिक गरेको हो । यस भिडियोमा सम्बन्धविच्छेदको पीडा र त्यसपछिका व्यक्तिगत परिवर्तनहरूलाई चित्रण गरिएको छ।
कमेन्ट गर्नुहोस्












