उपासनासँग आर्यनको ‘यो के भयो’ (भिडियो)

फिल्म । आउँदो पुष १५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘डिसेम्बर फल्स’को नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक प्रेम भाव व्यक्त गर्ने गीतमा फिल्मका मुख्य कलाकारद्वय आर्यन सिग्देल र उपासना सिंह ठकुरी फिचर्ड छन् । यी दुई बीच बढ्दै गएको प्रेम गीतमा देख्न सकिन्छ । आर्यन र उपासनाको जोडीलाई दर्शकले रूचाउने छन् । सार्वजनिक ‘यो के भयो’ बोल रहेको गीतमा सुशान्त गौतम र अनिल शर्माको शब्द रहेको छ भने यसलाई अस्मिता अधिकारी र मनिष ढकालले गाएका छन् । गीतमा संगीत र एरेञ्ज अनिल शर्माको रहेको छ । गीतलाई कविराज गहतराजले निर्देशन गरेका छन् ।

‘फिल्मसँग जोडिन पाउँदा खुसि लागेको छ । मैले धेरै कुरा हरू सिक्नपाएँ’, उपासनाले भनिन् । आर्यन गीतको भाव अनुसार प्रस्तुत छन् । उपासनासँग उनको केमेष्ट्री सुहाएको छ । प्रवीण झाको निर्देशनमा बनेको फिल्म ‘डिसेम्बर फल्स’ नर्ससँग प्रेम भएपछि आउने उतारचढावमा फिल्म केन्द्रीत छ । फिल्ममा आर्यनसँगै उपासना सिंह ठकुरी, नरेश भट्टराई, सलोन बस्नेत,शिवहरि पौडेल,नागेन्द्र रिजाल,शिसिर राणालगायत कलाकारको अभिनय रहेको छ ।

रामप्रसाद रिजालले निर्माता रहेको ‘डिसेम्बर फल्स’ रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो भने यसमा कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले छन् । निर्माणमा रामलाई राजकुमार भट्टले साथ् दिएका छन् । आगामी पुष १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा विपिका खनालको कथा, केदार भुषाल र प्रतिक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराज, रामजी लामिछाने, शिशिर खाती र प्रविण सिंहको कोरियोग्राफी छ । फिल्मलाई सुनिल मानन्धरको कम्पनी श्रीराम बालाजी फिल्मस्ले देशभर वितरण गर्दैछ ।

कमेन्ट गर्नुहोस्