संगीत। ‘घर जाँदै छु’ बोलको गीतको भिडियो रिलिज भएको छ । संघर्षका दिनमा एउटा बेरोजगार युवाले भोग्ने परिस्थिीतिलाई भिडियोमा कलात्मक शैलीमा देखाइएको छ । गाउँबाट शहरमा गएर गीतसंगीत र कलालाई माया गर्ने युवकले झेल्ने अनेकन परिस्थिती यसको कथासार हो ।
डार्बिन लुङेलिको शब्द र स्वर रहेको गीतमा रोमन बज्राचार्यको संगीत रहेको छ । मिन भण्डारीको अभिनय रहेको गीतलाई निर्दैशक आचार्यले गोपालले तयार पारेका छन् । यसमा साहारा कोइराला , बिनोद कुमार पौडेलको समेत अभिनय रहेको छ । भिडियोका परिकल्पना पनि आचार्य गोपालकै हो । हिमाल शर्माको छायांकन, चानस पुन मगरको सम्पादन रहेको भिडियोमा मनोज सुवेदीको ड्रोन रहेको छ ।



कमेन्ट गर्नुहोस्










