चलचित्र पत्रकारिता दिवसमा ‘क्यालेन्डर’ सार्वजनिक

फिल्म । चलचित्र पत्रकार संघ नेपालले आफ्नो स्थापना दिवस मनाएको छ । २३ वर्ष पुरा गरेर २४ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा चलचित्र पत्रकार संघले क्यालेन्डर सार्वजनिक गर्दै मनाएको छ । संघले आफ्ना सम्पुर्ण सदस्यसँग मात्र यसपटकको स्थापना दिवस मनाएको चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौलाले बताएका छन् । हरेक वर्ष विशेष कार्यक्रमको आयोजना गरि मनाउँदै आएको राष्ट्रिय चलचित्र पत्रकारिता दिवस तथा वार्षिकोत्सव यसपटक स्थानीय तहको निर्वाचनका कारण स्थगन गनुपरेको हो । विगत दुइ वर्ष यता कोरोना महामारीका कारण स्थगित हुँदै आएको सम्मान तथा पुरस्कार आउँदो असार ४ गते एक समारोहको आयोजना गर्दै वितरण गर्ने छौँ’ अध्यक्ष सिटौलाले बताए । उनले चलचित्र पत्रकरिता अझै अनुसाशित र मर्यादित हुनुपर्ने भनाइ समेत राखेका छन् ।

‘माध्यम फरक भएता पनि हामीले गर्ने पत्रकारिता नै हो । हाम्रो प्रस्तुतिले फैल्याउने चेतनासँगै पार्ने असरको बारेमा पनि हामी गम्भीर हुनुपर्छ’ उनले भने । उनले संघले आगामी दिनमा योजना अनुसार कार्य गर्दै अगाडी बढ्ने बताए । कार्यक्रममा एसोसियट प्रदेश अध्यक्ष बैकुण्ठराज पराजुली सहित संघका कार्यसमिति सदस्य र रंग पत्रकारहरुको उपस्थिति रहेको थियो । वि.सं. २०५६ साल जेष्ठ ७ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता भएकै आधारमा यस दिनलाई स्थापना दिवसको रुपमा मनाउदै आइएको छ । विक्रम संवत २०५९ सालबाट आफ्ना सदस्यहरुलाई प्रोत्साहित गर्ने उदेश्यले संघले सम्मान तथा पुरस्कार पनि सुरु गरेको थियो । चलचित्र पत्रकार संघ नेपालले वार्षिकोत्सवको अवसर पारेर क्यालेन्डर समेत सार्वजनिक गरेको छ ।

कमेन्ट गर्नुहोस्