‘स्टारडम’ को हेक्का नभएकी साम्राज्ञी

फिल्म । भुवन केसीको फिल्म ‘ड्रिम्स’ मा अनमोल केसीको को-स्टार बनेर डेब्यु गर्ने मौका पाएसँगै साम्राज्ञी आरएल शाहको भाग्य चम्कियो । अनमोलसँग जोडी बनेर मात्र होइन , उनकै खुबीको कारण उनि अगाडी बढीन् । त्यसपछि आफु अभिनित फिल्म मार्फत उनले स्टारडम् बढाउदै लागिन् । तर , उनलाई स्टारडमको हेक्का भने छैन ।

पब्लिक फिगर भएपछी सोसल मिडिया मार्फत कसरि दर्शकसामु पुग्ने भन्ने उनले जान्न सकेकी छैनन् । त्यसैले त सानो करियरमै पाएको चर्चालाई उनि विस्तारै सकाउदै छिन् । मयंक खड्कासँग प्रेम र ब्रेकअपको चर्चापछी यतिबेला साम्राज्ञी देवांक्ष राणासँग प्रेम चर्चामा छिन् । केहि फिल्मको सेड्युल सकाएर यतिबेला उनि प्रेमीसँग होलिडेमा छिन् ।

इन्डोनेसियाको बालीमा प्रेमीसँग रहेकी साम्राज्ञीले सोसल मिडिया मार्फत नै सबै जानकारी गराईरहेकी छिन् । ‘होलिडे’ मनाइरहेकी साम्राज्ञीको केहि तस्वीरले निकै चर्चा पाए तर जब उनले प्रेमीसँगको ‘सी-साइड’ को तस्वीर सार्वजनिक गरिन् , भाइरल नै बन्यो । सार्वजनिक तस्वीरमा उनले आफ्ना प्रेमीसंग ओठमा चुम्बन गरेको देखी छातीमा चुम्बन गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।

केही समय अगाडी उनको ट्याटु खोप्ने क्रममा खिचिएको आधा छाती देखिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । हाल उनको त्यस्तै तस्बिर पुन सार्वजनिक भएको छ । एक पछी अर्को यस्ता तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक हुँदै जाने हो भने साम्राज्ञीलाई दर्शकले कुन नजरले हेर्लान् ?

कमेन्ट गर्नुहोस्