२३ वर्षमा सुहाना

फिल्म । नेपाली फिल्ममा प्रवेश गरेको छोटो समयमा नै दर्शक माँझ आफ्नो स्थान बनाउन सफल नायिका सुहाना थापा २३ औँ वर्षमा प्रवेश गरेकी छिन् । अनमोल केसीको जोडी बनेर ‘ए मेरो हजुर ३’ मार्फत फिल्मनगरीमा भित्रिएकी सुहाना पछिल्लो समय दर्शक माँझ खोजिने नायिका बनिसकेकी छिन् । निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी सुहानालाई जन्मदिनको अवसरमा फिल्मकर्मी तथा उनका शुभचिन्तकहरुले शुभकामना दिइरहेका छन् ।

उनी हाल दोश्रो फिल्म ‘ए मेरो हजुर ४’मा काम गर्दैछिन् । यसमा पनि उनको जोडीको रुपमा नायक अनमोल नै रहेकाछन् । सुहाना ‘कृष्ण भगवान’को भक्त हुन् । शाहाकारी नायिका थापा अमेरिकामा अध्ययन गरिेर फर्किएकी हु्न् । उनले काम गरेका दुवै फिल्म होम प्रोडक्सनकै हुन् ।

कमेन्ट गर्नुहोस्