‘खाली पिली’ पनि डिजिटल प्लेटफर्ममा

फिल्म । बलिउडका नयाँ पुस्ता इशान खट्टर र अनन्या पाण्डे अभिनित फिल्म ‘खाली पिली’ पनि ओटिटीमा रिलिज हुने भएको छ । कोरोना भाइरसले सिर्जित अवस्थामा हल खुल्ने टुंगो नभएपछी निर्माण पक्षले फिल्मलाई डिजिटल प्लेटफर्ममा ल्याउने निर्णय लिएका हुन् । केहि समय अगाडी फिल्मको टिजर पनि सार्वजानिक गरिएको थियो । यद्दपी त्यसलाई नेपोटीजम बहसको कारण डिसलाइक गर्ने बढी भए ।

यद्दपी निर्माण पक्षले फिल्मलाई आउँदो अक्टोबर २ तारिखमा रिलिज गर्ने सोच बनाएको छ । फिल्मको केहि छायाँकन बाँकी रहेता पनि निर्माण पक्षले यसलाई सेप्टेम्बरको पहिलो साता सुरक्षाको उपाए अपनाएर सकाउने तयारीमा छ । लगभग छायाँकन सकिएको फिल्मको काम पनि सकिएको निर्माण पक्षले बताएको छ । बलिउडका दर्शकको लागि इशान र अनन्याको जोडी फ्रेस हुनेछ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्