शाहरुखले भेटे निर्देशक ?

48 Shares

फिल्म । बलिउडमा रोमान्स किंग भनेर चिनिने शाहरुख खान पछिल्लो समय सफलताक खोजिमा छन् । त्यसैले शाहरुखले जिरोपछी फिल्ममा काम गरेका छैनन् । तर यतिबेला उनले गर्न लागेको नयाँ फिल्मको खबरले बि-टाउनमा राम्रो चर्चा पाइरहेको छ । शाहरुख यतिबेला बलिउडका राम्रा निर्देशकको सुचीमा पर्ने राजकुमार हिरानीसँग काम गर्न खोजिरहेका छन् । लभ स्टोरी फिल्ममा राजकुमारसँग शाहरुखले सहकार्य गर्न लागेका हुन् ।

पछिल्लो समय शाहरुखले राम्रा निर्देशकसँग काम गरिरहेका छन् तर पनि दर्शकको माया पाउँन सकेका छैनन् । यसैले पनि शाहरुख सफलताको पर्खाइमा छन् , यसमा दुइमत छैन । निर्देशक हिरानी पनि शाहरुखलाई सुहाउँदो कथा भएकोले काम गर्न तयार भएका छन् । पछिल्लो समय जिरोले पनि बक्स अफिसमा कुनै कमाल देखाउन नसकेपछी शाहरुखले कस्तो फिल्म गर्ने भन्ने निर्णय लिन सकेका छैनन् ।

Facebook Comments