‘न्याय मरेको देश’ सार्वजनिक (भिडियो)

संगीत । समाजमा अपराधका घटनाहरू बढिरहेको अवस्थामा न्याय मौन बन्दै गइरहेको प्रति लक्षित गर्दै ‘न्याय मरेको देश’ बोलको गीत रहेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । भिडियोलाई राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरियो । राईज एण्ड साईन प्रा.लि.को प्रस्तुतीमा रश्मि शाक्यको निर्माण तथा सञ्चारकर्मी बिना श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोको सार्वजनिक कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको उपस्थिति रहेको थियो ।

कार्यक्रममा भिडियो हेरेपछि कलाकार श्रेष्ठले कथावस्तुको चर्चा गरे । उनले सकारात्मक संदेश आ आफ्नो कार्यबाट प्रवाह गरिरहनु पर्नेमा जोड दिए । गीतमा राजेश पौडेलको शब्द , शान्ति श्री परियारको स्वर रहेको छ भने दिनेश मुस्कानको संगीत भरेका छन् ।

भिडियोमा लक्ष्मी बर्देवा,सुशील पोखरेल,साक्षी लम्साल,पूजन घिमिरे,बासु शाही,अनिता पौडेलको अभिनय रहेको छ । यस्तै उत्तम हुमागाईँको छायाङ्कन, अनिल कुमार महर्जनको सम्पादनमा तयार भिडियोलाइ विनाले निर्देशन गरेकी हुन् । कार्यक्रममा गायक सीताराम पोख्रेल,यमन श्रेष्ठ,लामा घ्याप्चो रेम्बोर्छे लगायतको उपस्थिति पनि रहेको थियो ।

कमेन्ट गर्नुहोस्