जसिता : न यता , न उता !

गसिप । जसिता गुरुङ रेनेशा बान्तवा राईले निर्देशन गर्ने फिल्म ‘आई एम ट्वान्टी वान’का लागि लामो समयदेखि तयारी गरिरहेकी छिन् । नृत्यको विषयमा बन्ने यो फिल्मका लागि उनले नाच्न सिकेको लामो समय भइसक्यो । तर, पनि फिल्म फ्लोरमा जान सकेको छैन । यता रेनेशाको फिल्मको सुटिङ हुने छाँट नदेखेपछि उनले भुवन केसीको ‘एन्टी हिरो’ साइन गरिन् । तर, जसिताले साइन के गरेकी थिइन्, यो फिल्मै नबन्ने भयो । निर्माता केसीले ‘एन्टी हिरो’ छाडेर ‘पारस’ बनाउने घोषणा गरे ।

जसिता फेरि रेनेशाकै फिल्म गर्ने भइन् । केसीले जसितालाई ‘पारस’ नै पनि गर्न अनुरोध गरेको चर्चा थियो, तर सूत्रका अनुसार उनले रेनेशाकै फिल्म छानिन् । यो फिल्म वैशाखबाट फ्लोरमा जाने कुरा थियो । यसका लागि पहिला त कोरोनाले नै रोक्ने लक्षण छ । भएन, रेनेशा रियालिटी सोको जज बनेकी छिन् र यसको पनि सुटिङ वैशाखबाटै हुने खबर छ । मतलब, अझै ‘आई एम ट्वान्टी वन’ सुरु हुने छाँट छैन । न ‘पारस’ खेलिन्, न ‘आई एम ट्वान्टी वन’ । परिनन् त अलपत्र ! (सम्पूर्ण साप्ताहिकबाट)

कमेन्ट गर्नुहोस्