यात्रा : रिलिज डेट घोषणा

फिल्म । सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्म ’यात्रा : अ म्युजिकल भ्लग’ को रिलिज मिति सावजनिक गरिएको छ । निर्माता केशव भट्टराईको जन्मोत्सवको अवसर पारेर फिल्मको फिल्म चैत्र २९ मा रिलिज हुने निर्माण पक्षले जनाएको छ । फिल्मको सार्वजनिक पोस्टरमा यसका अभिनेता सलिनमान बनियाँको क्यारेक्टरलाई प्रस्ट्याईएको छ । फिल्ममा उनि भ्ल्गिस्टको भूमिकामा छन् । ‘हामीले सलिनको क्यारेक्टरलाई जस्टिफाई गर्ने फस्टलुक तयार गरेका छौ’ निर्देशक सम्राट भन्छन ‘फिल्ममा यात्राको क्रम आउने परिस्थिति , माया र मित्रतालाई देखाउने कोसिस गरेका छौ ।’

फिल्ममा सलिनसँगै , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ । यसैफिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दै्िछन भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । फिल्मलाई जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ ।

सम्राट शाक्यको कथा तथा निर्देशन रहने फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गर्दैछन । दुई दशक अगाडी सहायक निर्देशक भइ यसक्षेत्रमा भित्रिएका सम्राटले मुख्य सहायक निर्देशक भइकाम गरेको फिल्महरु के यो मायाहो , मेरो लभ स्टोरी , कोहि मेरो , नोभेम्बर रेन , होमवर्क , छक्का पञ्जा , ऐश्वर्य , कृ लगायत चर्चामा थिए ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह ( निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।

‘हाम्रो सोचले मुर्तरुप पाए जस्तो लाग्छ’ निर्माता केशव भन्छन ‘फिल्म निर्माणको क्रममा कहिँ कतै सम्झौता गरिएको छैन ।’ केशवसँगै अर्का निर्माता सुशील पनि आश्वादी छन् । ‘मैले अघिल्ला फिल्मबाट धेरै अनुभव बटुलिसकेको छु , नयाँ पुस्तासँग काम गर्दा नयाँ उर्जा थपिएको छ’ निर्माता पोखरेलले फिल्मलाई सवै वर्गका दर्शकले रुचाउने विश्वास व्यक्त गरे

फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिकपौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिच्नेछन् । फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहनेछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहनेछ । फिल्ममा श्रीधर पौडेलको फोटोग्राफी रहेको छ भने यसको डिजाइनर टौवा क्रिएसनले गरेका हुन् ।

कमेन्ट गर्नुहोस्