संगीत । ‘पहिलो माया’को सफलतापछि गीतकार पुनम मोथेले नयाँ गीत ‘कुनै समय’ सार्वजनिक गरेकी छिन । स्याड भर्सनको सार्वजनिक गीतमा हरि लम्सालको संगीत र राजीना रिमालको स्वर सुन्न सकिन्छ। गीतको एरेन्ज भने सुरज श्रेष्ठले गरेका हुन्।
नायिका केकी अधिकारि र सुधिर श्रेष्ठले अभिनय गरेको म्युजिक भिडियोलाइ निकेश खड्काले निर्दशन गरेका हुन्। गीतले प्रेम र बिछोडको कथा उठाएको छ। म्युजिक भिडियोमा बुद्ध थापाको छायांकन ,बिकास धमलाको सम्पादन र समरा जोशीको मेकअप समाबेश रहेको छ।
कमेन्ट गर्नुहोस्