‘म यस्तो गीत गाउँछु २’मा पल र पुजा

2K Shares

फिल्म । सुदर्शन थापाको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘म यस्तो गीत गाउँछु २’मा पूजा शर्मा र पल शाह पक्का भएका छन् । युनिटले मनकामनामा शुभ मुहुर्त गर्दै फिल्मको बारेमा जानकारी गराएको हो । ‘म यस्तो गीत गाउँछु’ कै जोडी पल र पुजा यसमा दोहोरिएका हुन् । यसको घोषणा पनि झन्डै २ वर्ष अगाडी नै भएको थियो तर पलसंग टिमको दुरी बढेपछि टिमअप हुन् सकेको थिएन ।

शुभ मूहुर्त कार्यक्रममा पल र पूजा हेलिकोप्टर चडेर मनकामना पुगेका थिए । मनकामना मन्दिररमा पूजा गर्दै मूहुर्त गरिएको हो । पूजा र पललाई पुन: पर्दामा हेर्न चाहाने दर्शकको संख्या पनि धेरै थियो । अब भने उनीहरुको चाहाना पनि पूरा हुने भएको छ । भदौबाट छायांकनमा जाने भनिएको फिल्मले फागुन २३ गतेलाई रिलिज मिति पक्का गरेको छ ।

Facebook Comments