‘निरमाया’ टिजर सार्वजनिक (भिडियो)

फिल्म ।’निरमाया’ फिल्मको फस्टलुक्स अन्तर्गत पोष्टर र टिजर सार्वजनिक भएको छ । ‘समाज बदल्न परिवर्तन आफैँबाट सुरु गरौँ’ भन्ने भाव बोकेको फिल्ममा नेपाली समाजको छुवाछुतको मुद्दालाई उठाएको छ।

अनन्त प्रसाद तिमल्सिनाको प्रस्तुति रहेको ‘निरमाया’ को निर्देशन रमेश कोइरालाले गरेका हुन्। यसमा रमेश बुढाथोकी, लय संग्रौला, जे.एन.घिमिरे, जेबी डिसी, अजित लामिछाने, प्रतिषा रिजाल, सम्रिद्दी पौडेल, रमेश अधिकारि, गोपाल ढकाल, रामबाबु रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ। राम कुमार केसीको कथा र अजित लामिछानेको लेखन रहेको फिल्मलाई रवी कोइराला र जीवन पराजुलीको छायाँकन, उत्तर राना मगर र तारा थापा किम्भेको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, अशोक खड्काको द्वन्द, कमल अधिकारीर रिमेश कुमारको संगीत रहेकोछ।

कमेन्ट गर्नुहोस्