फिल्म । आउँदो चैत्र ४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘चिसो एस्ट्रे’को दोस्रो गीत ‘बाबा पशुपति’ रिलिज गरिएको छ । सार्वजनिक गीतमा सविन राईको आवाज रहेको छ । पछिल्लो समय सांगीतिक दुनियाँबाट केहि टाढा रहेका सविनले यही गीत मार्फत कमब्याक गरेका छन् । उनले स्वर सुहाउँदो कम्पोजिसन र गीतको शब्द पनि रोचक रहेकाले गीत गाउन रमाइलो भएको प्रतिक्रिया दिएका छन् । गीतमा संगीत अजर जंगम र शब्द रचना निर्देशक दिनेश पाल्पालीको रहेको छ ।
दिनेश पाल्पालीको निर्देशन रहेको फिल्ममा दिव्य देव, नवीन लम्साल, निकुन श्रेष्ठ, सुशील राज पाण्डे, रवीन तामाङ र सृष्टि श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मका प्रस्तुतकर्ता महेशबाबु तिमल्सिना हुन् । प्रबिन स्याङ्बा र सुष्मिता पराजुली निर्माता रहेको फिल्ममा रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडा सह निर्माताको रुपमा रहेका छन् ।











