नोटबुकको गीत रिलिज (भिडियो)

फिल्म । अभिनेता सलमान खान बलिउडमा कयौको गडफादरको रुपमा परिचित छन् । उनले थुप्रै नयाँ अनुहारलाई डेब्यु गराईसकेका छन् । फिल्म ‘हिरो’ मार्फत आदित्य पंचोलीको छोरा सुरज पंचोली र सुनिल शेट्टीको छोरी आथिया शेट्टीलाई बलिउडमा डेब्यु गराएका सलमानले पछिल्लो फिल्म ‘लभ यात्री’ मार्फत आफ्नै ज्वाई आयुष शर्मासँग वारिना हुसैनलाई डेब्यु गराए । यिनै सलमानको प्रोडक्सन हाउसमा तयार नयाँ फिल्म ‘नोटबुक’ मार्फत पनि दुई नयाँ अनुहार बलिउडमा डेब्यु गर्दैछन् ।

यसफिल्ममा उनले आफ्नो बाल्यकालको साथी इकवालको छोरा जहिर इकवाललाई एक्टरमा डेब्यु गर्दैछन् भने अर्का साथी मोहनिश बहलकी छोरी प्रणुतन बहललाई डेब्यु गराउदैछन् । यसलाई नितिन ककड़ले निर्देशन गर्नेछन् भने यसलाई दर्शकले २९ मार्च २०१९ मा हेर्न पाउनेछन् । केहि दिन अगाडी मात्र ट्रेलर सार्वजनिक गरेको टिमले गीत पनि सार्वजनिक गरेको छ । गीतलाई अक्षय त्रिपाठीले लेखेका हुन् भने यसमा शब्द र संगीत भने विशाल मिश्राले दिएका छन् । ‘नै लग्दा जी’ बोलको गीतमा दुइ डेब्यु अनुहारको प्रेम प्रतिको समर्पण र पिडालाई देखाइएको छ ।

कमेन्ट गर्नुहोस्