फिल्म । सार्वजनिक पोस्टरकै कारण चर्चामा आएको फिल्म ‘स्टुडेन्ट अफ द इयर २’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका लिड एक्टर टाइगर श्राफ स्टुडेन्ट अफ द इयर बन्न लागिपरेका छन् । उनको एक्सन र फाइटलाई पनि कलेज लाइफमा जोडिएको छ । फिल्मको ट्रेलर रोमान्टिक बनेको छ । यसैले गर्दा पनि यसले राम्रो ब्यापार गर्नेमा दुइ मत नहोला ।
यसको पहिलो भागलाई कारण जोहरले निर्देशन गरेका थिए भने उनले यसको सिक्वेल निर्देशनको अभिभारा पुनित मलहोत्रालाई सुम्पेका छन । स्टुडेन्ट अफ द इयर मार्फत बलिउडमा वरुण धवन , सिद्धार्थ मलहोत्रा र आलिया भट्ट जस्ता प्रतिभा भित्रिएका थिए । यसैले गर्दा पनि सिक्वेललाई लिएर आश बढी नै छ । फिल्ममा टाइगरसंगै अनन्या पाण्डे र तारा सुतारियाको अभिनय रहेको छ ।
कमेन्ट गर्नुहोस्












