दुई हप्ता लामो बिरामीपछि स्वस्तिमाको स्वास्थ्यमा सुधार

फिल्म । अभिनेत्री स्वस्तिमा खड्का दुई हप्ता लामो गम्भीर बिरामीपछि अहिले स्वास्थ्यमा सुधार भएको जानकारी दिएकी छन् । स्वस्तिमाले सामाजिक सञ्जालमार्फत आफूलाई निमोनिया भएको र थापाथलीस्थित नर्भिक अस्पतालमा सात दिन उपचार गराएको जनाएकी छिन ।

‘फेरि सामान्य महशुश भएको छ । म पूर्ण रूपमा मोबाइलको कल र सन्देशबाट टाढा थिएँ, धेरै कामलाई थाँती राख्नुपरेको थियो । सबैलाई धन्यवाद, जसले मलाई बुझ्नुभयो’, उनले सामाजिक सञ्जालमा उल्लेख गरेकी छिन ।

उनले आफ्नो जीवनको यो क्षणलाई कठिन भनेकी छन् र आफूले पहिलो पटक यस्तो महशुश गरेको बताएकी छन् । उनले आफ्नो हेरचाहमा साथ दिने नर्सहरूलाई परीको उपनाम समेत दिएकी छन् । स्वस्तिमाको स्वास्थ्यमा सुधार भएको र उनी पुनः सक्रिय जीवनमा फर्किएकोमा उनका समर्थक र शुभचिन्तकहरूले खुशी व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्