शाहरुखलाई रिप्लेस गरे रणवीरले

जयहोस् । बलिउडका रोमान्स किङ शाहरुख खानलाई इनर्जेटिक स्टार रणवीर सिंहले रिप्लेस गरेका छन् । पछिल्लो समय फिल्म मार्फत सफलता हात पार्न नसकेका शाहरुखलाई रणवीरले फिल्ममा नभई टिभी एडमा रिप्लेस गरेका हुन् । विगत एक दशक यता शाहरुखले डिस टिभीको एड गर्दै आएका थिए तर यतिबेला उक्त एडमा रणवीर देखिने भएका छन् । आउदै गरेको फेस्टिभललाई टार्गेट गर्दै रणवीर एड शुटिङ पनि भईसकेको छ । रणवीर पछिल्लो समय एकपछि अर्को फिल्ममा सफलता हात पार्दै आएका छन् । यसैकारण पनि हुन् सक्छ , डिस टिभीले शाहरुखलाई हटाउदै रणवीरलाई नयाँ ब्राण्ड एम्बासडर नियुक्त गरेका छन् ।
कमेन्ट गर्नुहोस्