प्रेमगन्ज टिजर : आवाज र युट्युब च्यानल परिवर्तन

फिल्म । केहि समय अगाडी कपिराइट फ्री गरेर सार्वजनिक गरिएको ‘प्रेमगन्ज को टिजरमा नयाँ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । कपिराइट फ्री गरिएको टिजर आधिकारिक रुपमा बुढासुब्बा डिजिटल मार्फत अपलोड गरिएको थियो । सम्झौतामा असहमति भए पछि निर्माण टिमले एक महिना अघि टिजर हटाएउदै नयाँ च्यानल ओएसआर डिजिटलबाट सार्वजनिक गरेको हो । यसपटक साहित्यकार अच्युत घिमिरेको आवाजलाई हटाउदै सुरक्षा पन्तको आवाज समेटिएको छ ।

‘टिजरमा सुरक्षाको आवाज नै चाहिने थियो । त्यो समय सुरक्षा नेपाल बाहिर भएकोले अच्युत घिमिरेको आवाजमा साे टिजर सार्वजनिक गरिएको थियो’ निर्देशकले परिच्छेद सेनले भने । सुरक्षा कान्स देखि फर्किना साथ फिल्मको डबिङ सकेकी हुन । प्रेमगन्जमा सुरक्षा पन्त पनि महत्त्वपूर्ण भूमिकामा छिन । फिल्म भाद्र ३ गतेबाट प्रदर्शनमा आउने छ ।

कमेन्ट गर्नुहोस्