‘भाँडाकुटी’ मा मुकुन र बेनिशा

0 Shares

फिल्म । घटस्थापनाको दिन पारेर शनिवार फिल्म ‘भाँडाकुटी’ घोषणा गरिएको छ । दृष्यालय सिनेमा प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा नायिका बेनिशा हमाल र कलाकार मुकुन भुषाललगायतको अभिनय रहने छ । आउँदो फाल्गुनमा वुटवल आसपासका ठाउँमा छायांकन हुने बताईएको फिल्म सामाजिक ड्रामा हुनेछ । फिल्मलाई किरण बिकले निर्देशन गर्दैछन् ।

निर्देशक बिककै कथा रहने फिल्मलाई कलम खड्काले फिल्म निर्माण गर्न लागेका हुन् । ओस्कार फिल्म कलेजबाट पास आउट भएका यूवाहरुको समूहले फिल्म निर्माणमा सहकार्य गरेको हो । फिल्ममा निशल पौडेलको छायांकन , राज कुमार दर्जीको कोरियोग्राफि र भिम बिकको सम्पादन रहने छ । फिल्ममा गोपाल आचार्य एशोसियट डाइरेक्टर रहनेछन् ।

कमेन्ट गर्नुहोस्